संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

पार्टी बिशेष रुपान्तरण अभियानः सिक्ने र सिकाउने अभियान -डोर प्रसाद उपाध्याय "निर्मल कुमार"

यति बेला प्रायः सबै राजनीतिक दलहरू आ-आफ्ना अभियानमा जुटिरहेका छन् । सत्तासीन पार्टी मात्र होइन प्रतिपक्षमा रहेका प्रायः सबै साना ठूला दल हरू कुनै न कुनै रुपमा अभियानमा केन्द्रित हुनु जन जागरण र चेतनाको हिसाबले स्वागत योग्य कुरा हो | विगतमा पार्टीहरूले जनता सामु गरेका बाचा संकल्पहरु कति कार्यान्वयन भए? कति कार्यान्वयनको चरणमा छन् ?  कार्यान्वयनका समस्याहरू के के हुन् ? कार्यान्वयनमा बाधा कसले वा कसरी पुगेको छ ? भन्ने बारे सूचित गर्ने र  हुन् पाउने जनताको अधिकार हो र त्यसैले यो अभियान मार्फत सबैलाई सूचित गराउन खोजिएको छ । यो  कुरालाई सकारात्मक मान्नै पर्दछ ।तर अभियानले खोज्ने एउटा अर्को पाटो पनि छ । त्यो हो - अभियानमा जाने नेता कार्यकर्ता राजनैतिक आर्थिक र सामाजिक रुपमा लोकप्रिय छन् वा बदनाम छन् ? यो पक्ष पनि अभियान मार्फत सार्वजनिक भएको छ। जनताको अपेक्षा,गुनासो र नेता कार्यकर्ताको बिबादित चरित्र छ वा छैन ? प्रश्नहरू एकै साथ उठेका छन् तर पनि पार्टीले यसबाट पार्टी पुनर्निर्माणको आधार तयार पार्न मदत पुग्ने विश्वास लिएको छ । तर यो अभियानले सच्चिन वा सच्चाउन खोजेको कसलाई हो ? सरकारमा रहेका पार्टीका नेता,पार्टीका पदाधिकारी वा जनता ?अभियानमा लक्ष्य किटान गर्दा यो कुरामा  ध्यान दिनै पर्दछ । आज  सबै पार्टीले चलाएका अभियानमा यी अनुत्तरित प्रश्नहरूको जबाफ खोजिएको छ । अभियानको अन्तिसम्म आउदा निष्कर्षहरु सकारात्मक हुनेछ।  कतिपय मन्त्री, तिनका सचिवालय ,राजनीतिक नियुक्ति लिएका सदस्यहरूको हाउभाउ र चरित्र समेत बदल्ने गरी चलाइएको अभियान भएकोले यसलाई विशेष रुपान्तरण अभियान भनिएको हो । सदाचार र सुशासनका विषयमा जनतामा परेका भ्रम वा वास्तविकता बारे  स्पष्ट गर्ने,भ्रम मुक्त पार्ने र सरकारका सकारात्मक कामहरूको फेहेरिस्त जनतालाई सुनाउने गरी यो अभियान चलाइएको छ । धेरैको चासोको बिषय रहेको छ कि दिन दहाडै खुडा लिएर व्यक्ति हत्या गर्नेहरु आम माफीको नाममा जेल मुक्त हुने तर जनयुद्ध र राजनैतिक आन्दोलन अपराध हुने जस्ता विरोधाभाष भाष्य निर्माण गर्न किन  खोजिएको छ ? अभियानले यसलाई चिर्न सक्नु पर्दछ । पार्टीले  रुपान्तरण अभियान चलाउनु को उद्देश्य पार्टी नेता,कार्यकर्ता ,पार्टीबाट मन्त्री बनेकाहरु र जनता समेत अभियानको मर्म ,भावना र स्प्रिट अनुसार सुशासन र रुपान्तरणको बाटोमा संगै हिड्नु हो । जनता अलपत्र पारेर,जनताका एजेन्डामा सौदाबाज गरेर जनसम्बन्ध बिना एक्लै हिड्न खोज्नु रुपान्तरण होइन भन्ने कुरा हामि सबैले बुझ्न जरुरी छ ।
      पार्टी प्रचलित कानुन,बिधि र प्रक्रियामा आएको पनि झन्डै दुई दशक पुग्न थालेको छ। यो बिचमा पार्टी निकै स्खलन हुन् पुगेको पनि हामि सबैलाई थाहा नै छ। रुपानतरण अभियानले यसका तथ्य र कारणहरूको खोजि गर्ने छ।  यो अभियानले तथ्यमा गएर तथ्य पत्ता लगाउन मदत गर्छ भन्ने कुरामा पार्टी आशावादी छ । राजनैतिक नेतृत्वले कुनै पनि निर्णयले समाजमा के कस्तो प्रभाव पार्न सक्छ? भन्ने कुराको हेक्का राख्ने भएकोले यो अभियानको दूरगामी महत्व छ भनेर हामीले बुझ्नु पर्दछ । शुसासन र रुपान्तरण प्रत्येक कदममा देखिने कुरा हुन्सा । सापट लिएको नतिर्ने,पसलहरूमा उधारो खाने तर भुक्तानी नगर्ने,सहकारी डुबाउने,आर्थिक ठगि गर्दै हिड्ने ,सरुवा बढुवामा आर्थिक चलखेल गर्ने चेलीबेटीलाई कु नजरले हेर्ने ,जनतालाई विभिन्न बहानामा दुख दिनेजस्ता पात्र र प्रवृति रहदा सम्म सुशासन कायम हुन् सक्दैन नत रुपान्तरणको मर्म समात्न सक्छ । त्यसैले बिबादित पात्र र प्रवृति  रुपान्तरण भन्दै जनतामा जादा झन् नेतृत्वप्रति अविश्वासको बाताबरण बन्ने खतरा हुन्छ । त्यसैले अभियानमा सापेक्षित कम बिबादित,लोकप्रिय ,इमान्दार र जनताले बिश्वास गरेका पात्रहरुको छनोट गर्न सक्नु पर्दछ।  अभियानको नेतृत्वले यो कुरामा ध्यान दिने पर्दछ ।
 अहिले हामि अभियानको उत्तरार्धमा छौ । सबै कमिटीहरु समीक्षात्मक बैठकको क्रममा छन् |अभियानका क्रममा फेला परेका तथ्यगत रिपोर्ट र जन गुनासो समेतलाई मध्य नजर गर्दै पार्टी आफ्नो आगामी कार्यक्रम तय गर्ने पुर्ब तयारीमा छ । तथापि अहिले सम्मको रिपोर्ट हेर्दा पार्टीका गतिविधिहरु सकारात्मकरुपमा अघि बढेका छन् । हुनत अहिले नै समग्र समिक्षा गरेर निष्कर्ष निकाल्न त्यति बस्तुबादी हुदैन तर पनि जे जति रिपोर्ट आएको छ त्यसको आधारमा केहि निष्कर्ष निकाल्दा अन्यथा हुने छैन । अभियानका क्रममा बिबिध पात्र र प्रवृतिहरु उजागार भएका छन् । नेतृत्वले आत्मसमीक्षा गर्ने ,खराब पात्र र प्रवृति चिन्ने ,कार्यसम्पादन मूल्याङ्कनको सहि मापदण्ड अपनाउने हो भने माओवादी पार्टी प्रतिको जनताको आशा र भरोसा बढाउने बाताबरण बन्दै गएको छ । पार्टीको भेटघाट र सक्रियताले अरु पार्टीहरु पनि आफ्नो पार्टी पंक्तिहरु नभत्कियोस् भनेर बिबिध नाममा अभियान चलाउनुको कारण पनि यहि नै हो।जे होस् यो अभियानले केहि प्रश्न ,केहि उत्तर ,केहि समिक्षा ,केहि योजना र मूल रुपमा पार्टी निर्माण गर्ने नया आधार थपेर पार्टीलाई नया शिक्षा दिने कुरामा कुनै शंका छैन। पार्टीको प्रणाली,निर्णय प्रणालीमा सुधार ,उपलब्धि माथिको समान अधिकार स्थापित गर्न सकियो भने पार्टीले भन्दै आएको सुशासन पूर्णरुपमा कार्यान्वयन हुन् सक्छ । बाहिर समाजबाट ल्याउन पहिले पार्टी भित्रै यी हरेक कुरामा समाजबाट हुन् आवाश्यक छ । यो अभियानले यसको आधार पनि तयार गर्दै लागेको छ । जनप्रतिनिधि बन्न पाउने अधार,चरित्र र शैलीलाई आन्तरिक मूल्यांकनको आधार बनाएर जान यो अभियानको प्रारम्भिक निष्कर्ष हो भन्ने लाग्छ । समाजबाद शब्दले मात्र समाजबाद आउने होइन,त्यसको लागि कार्यदिशा,कार्यक्रम र सबै तहका नेतृत्वको कार्यप्रणाली ,कार्यशैली ,आचरण र ब्यबहार तथा सांस्कृतिक चेतना  समाजबादी हुन् आवाश्यक छ । अभियानको यो दोश्रो निष्कर्ष हो । मन्त्री सांसद र तिनीहरूको सम्पर्क सचिवालय जनताको सहज पहुँचमा हुनुपर्छ ।केहि लाभ दिन सक्नेलाई मात्र आफ्नो ठान्ने र सहज पहुँच पुराउने प्रवृत्ति पार्टी  निर्माणको  लागि घातक छ भन्ने कुरा पनि यो अभियान बाट पाठ सिक्न उपयुक्त हुनेछ । निर्णय लाई संस्थागत गर्ने ,राजनैतिक लाभका पदहरुमा कार्यसम्पादन मूल्यांकनका आधारमा सिफारिस दिने लिने ,संठनात्मक प्रणाली बलियो बनाउने र जीवन शैली पारदर्शी हुने हो भने मिसन ८४ मा नयाँ सफलता हासिल गर्न सकिने छ । सम्बन्धित कमिटीले आफ्नो मातहतका कमिटी र कार्यकर्त्ता परिचालन गर्न एउटा नियमावली र आचारसहिता बनाएर पार्टीलाई वैज्ञानिककरण गर्न यो अभियानले ठूलो पाठ सिकाएको छ। पार्टीले प्रश्न उठ्ने गरि काम गर्ने होइन बरु कामबाट जबाफ दिन सक्नु पर्छ भन्ने कुरा यो अभियानले हामीलाई सिकाएको छ ।अभियानको अन्तिम समिक्षा आउदा सम्म पार्टी रुपान्तरणको नयाँ कोर्षमा पुग्नेछ र मिशन ८४ मात्र होइन मुलुकको अग्रगामी निकासमा कोशेढुंगा साबित हुनेछ ।