संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

सहिद सुनिलको सम्झनामा पेरिसडाँडामा स्मृति सभा

१४ मंसिर काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्धमा सहादत हुनुभएका जनमुक्ति सेनाका डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’को १८ औं स्मृति दिवश मनाएको छ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्य तथा जनमुक्ति सेनाका डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’ र बटालियन सह-कमाण्डर झक्कुप्रसाद पुन ‘निर्मम’को स्मरण गरिएको हो।

स्मृति कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा केन्द्रीय प्रचार बिभागका ईन्चार्ज अग्नि सापकोटा ‘कञ्चन’ र पार्टी कोषाध्यक्ष श्रीराम ढकाल लगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

nullकार्यक्रममा कोषाध्यक्ष ढकालले सहादत प्राप्त डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’ र बटालियन सह-कमाण्डर झक्कु पुन ‘निर्मम’को हत्या भएको समयको स्मरण गर्दै त्यसपछि पार्टीले चालेका कदमबारे चर्चा गर्नुभएको थियो। २०६२ साल मङ्सिर १४ गतेका दिन रोल्पा जिल्लाको जिनाबाङको मनिमारेमा तत्कालीन शाहीसेनाले गरेको हवाई आक्रमणमा उहाँहरुको  शहादत भएको थियो।

२०६२ सालमा प्रथम डिभिजन घोषणा कार्यक्रममा तत्कालीन शाही सेनाको हवाई आक्रमणमा सुनिल र निर्ममको शहादत भएको घटनाको स्मरण गर्दै माओवादी केन्द्रका कोषाध्यक्ष साथै पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकाल प्रशान्तले त्यस दिनको घटनामा आफु पनि सँगै रहेको भन्दै घटना विवरण कार्यक्रममा सुनाउनु भएको थियो ।