संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

दिगो विकास लक्ष्यलाई पुरा गर्न कर्णाली प्रदेशमा दातृ निकायले लगानी वढाउनु पर्छ - मुख्यमन्त्री शर्मा

सुर्खेत, माघ १८ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दिगो विकास लक्ष्यलाई पुरा गर्न कर्णाली प्रदेशमा दातृ निकायले लगानी बढाउनु पर्ने बताउनुभयो । उहाले भन्नुभयो कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले प्रचुर सम्भावना हुँदा हुँदै पनि पछि पारिएकाले अहिले  दिगो विकासका वहुआयामिक क्षेत्र पछि परेको छ । 
एशियाली विकास वैक र विश्व वैकले संयुक्त रुपमा नेपालीका लागि नयाँ राष्ट्रिय  सहकार्य रणनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शर्माले आवश्यकता आधारमा नीति र योजना छनौट गरिनु पर्ने जोड दिनुभयो । उहाले भन्नुभयो  नीति निर्माण र योजना छनौट माथी वाट होईन  तलवाट माथि ( वटम टु टप)हुनुपर्दछ । आवश्यकताका आधारमा निर्माण गरिने नीति योजना  प्रभावकारी हुन्छ ।
कर्णाली प्रदेशमा एशियाली विकास वैक र विश्व वैकले लगानी वढाएर दिगो विकास लक्ष्य प्राप्तिमा  सघाउन मुख्यमन्त्रीले आग्रह समेत गर्नुभयो ।  उहाँले भन्नुभयो कर्णाली प्रदेशको विकास गरेको योगदानप्रति आभार व्यक्त गर्दछु। आगामी दिनमा कर्णालीको विकासमा थप योगदान समेत हुनेछ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिहले गरिवी अन्त्यका लागि रोजगारी,निर्यात बढाउन उर्जा र सडक क्षेत्रमा लगानी गनुपर्ने वताउनुभयो ।
एशियाली विकास वैकका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले स्थानीय र प्रदेश सरकारको आवश्यकता पहिचान दिएर लगानी गर्न सातै प्रदेशमा छलफल आयोजना गरिएको वताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेशका स्थानीय तहका प्रतिनिधि र प्रदेश सभा सदस्यहरुको सहभागिता रहेको थियो ।