संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

पम्फा भुसाल

उपाध्यक्ष

अर्घाखाँची किमडाडा आँपखोलामा २०१९ साल श्रावणमा कमरेड पम्फा भुसालको जन्म भएको हो । 
विक्रम संवत २०३३ सालमा विसं २०३३ मा अनेरास्ववियु छैटौंमा आवद्ध भएर विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएकी भूसालले २०३७ सालमा नेकपा चौथो महाधिबेसनको सदस्यता प्राप्त गर्नुभयो। ०५० सालमा संयुक्त जनमोर्चा नेपालको अध्यक्ष र २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य बन्नुभयो । पटकपटक गरेर १ वर्ष जेल बस्नभएकी भुसाल फुन्टीबाङ बैठकपछि माओवादीकी पोलिटब्युरो सदस्य बन्नुभएको थियो । 
उहाँ पहिलो सम्विधान सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत ललितपुर ३ बाट विजयी संविधान सभा सदस्यमा विजयी हुनुभयो ।  प्रतिनिधिसभा निर्वाचन, २०७४ मा पनि ललितपुर ३ बाट वहाँ विजयी हुनुभयो। 
निर्वाचित भएपश्चात ०६४ मा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री, ०६५ मा सामान्य प्रशासन, ०६८ मा शान्ति मन्त्री र २०७४ मा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बन्नुभयो । 
वहाँले इन्जिनियरिङ अन्तर्गत ग्रामीण समाजशास्त्रमा डिप्लोमा गर्नुका साथै केन्द्रिय विश्वविद्यालय किर्तिपुरबाट शिक्षाशास्त्र अन्तर्गत स्नातक गर्नुभएको छ भने समाजशास्त्रमा स्नातकोत्तरको शैक्षिक उपाधि हासिल गर्नुभएको छ ।