पत्रकार भेटघाट र पार्टी प्रवेश सम्बन्धी प्रवक्ताद्वारा जारी प्रेस नोट
प्रेस नोट
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको ०७९ वैशाख ५ गतेका प्रमुख गतिविधिहरु सार्वजनिक गर्न यो प्रेस नोट जारी गरिएको छ ।
१. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन र देशको राजनीतिक घटनाका बारेमा पत्रकार भेटघाट गर्नुभयो । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागबाट पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष क. प्रचण्डले स्थानीय तहको निर्वाचनल गायतका सन्दर्भमा पत्रकारहरुसँग साक्षात्कार गर्नुभयो ।
२. विभिन्न पार्टी परित्याग गर्ने र नेकपा (माओवादी केन्द्र)मा समाहित तथा ध्रुवीकृत हुने क्रम तीव्र बनेको छ । आज विभिन्न समूह तथा पार्टी परित्याग गरेर सयौंजना माओवादी केन्द्रमा समाहित हुनुभएको छ ।
३. नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य क. नागेन्द्र राईको नेतृत्वमा सो पार्टीको तीनजना पोलिट्व्यूरो सदस्य, तीन जना केन्द्रीय सदस्य, विभिन्न प्रदेशका २५ जना प्रदेश सदस्यसहित पाँचसय जना नेकपा (माओवादी केन्द्र)मा समाहित हुनुभएको छ । आजै जितबहादुर चौधरी अध्यक्ष रहनुभएको नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन÷ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवम् वार्ता समिति संयोजक क. कृष्णबहादुर महरा, नेकपा (क्रान्तिकारी–माओवादी)का पोलिट्व्यूरो सदस्य नागेन्द्र राई र नेपाल लोकतान्त्रिक जनता कांग्रेसका अध्यक्ष जितबहादुर चौधरीले संयुक्त वक्तव्य जारी गर्नुभयो । (संयुक्त वक्तव्य यसैसाथ संलग्न गरिएको छ ।)
४. पार्टी समायोजन÷ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य अनिल परियारको नेतृत्वमा ७०० जना, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामविनोद चौधरीको नेतृत्वमा २५ जना र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट नेपाली कांग्रेस र नेकपा (एमाले)का २५ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभयो । उहाँहरुलाई पार्टी प्रवक्ता एवम् वार्ता समिति संयोजक क. कृष्णबहादुर महराले स्वागत गर्नुभयो ।
५. पार्टी कार्यालयमा आजै आयोजित छुट्टै पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका नेता जीवन आलेमगरको नेतृत्वमा ६५ जना माओवादी केन्द्रमा प्रवेश गर्नुभयो । उहाँहरुलाई पार्टी प्रवक्ता महराले स्वागत गर्नुभयो । कार्यक्रमलाई संबोधन गर्नुहुँदै प्रवक्ता महराले माओवादी केन्द्रप्रति आकर्षण बढेको र विभिन्न पार्टी र विभिन्न पार्टीबाट विद्रोह गरेर माओवादी केन्द्रमा समाहित हुने क्रम बढेको बताउनुभयो ।
५ वैशाख २०७९
प्रवक्ता
नेकपा (माओवादी केन्द्र)