संसारका मजदुरहरु - एक होऔं !
मार्क्सवाद - लेनिनवाद - माओवाद - जिन्दावाद!
Flag of the Communist Party
Image

प्रेस विज्ञप्ति

नेकपा (माओवादी केन्द्र)द्वारा २ वैशाख २०७९ मा जारी प्रेस नोट

नेकपा (माओवादी केन्द्र)द्वारा २ वैशाख २०७९ मा जारी प्रेस नोट

प्रेस नोट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको ०७९ वैशाख २ गतेका प्रमुख गतिविधिहरु सार्वजनिक गर्न यो प्रेस नोट जारी गरिएको छ ।

१. २०७९ वैशाख २ गते विहान नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पूर्व स्थायी समितिका उपलब्ध सदस्यहरु र प्रदेश इन्चार्जहरुको अनौपचारिक बैठक बस्यो ।

बैठकमा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिति र स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेल सम्वन्धी छलफलका विषयमा जानकारी गराउनुभयो । बैठकमा गठबन्धनमा सहभागी सबै राजनीतिक दललाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत गर्न पार्टीको तर्फबाट अधिकतम पहल गर्ने तथा परिणाम देखिने गरी चुनावमा सिंगो पार्टी पंक्तिलाई केन्द्रित गर्ने विषयमा छलफल भयो । 

२. स्थानीय चुनाव नजिकिएसँगै देशब्यापी रुपमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर बढेको छ । पूर्वस्थायी समिति सदस्य तथा प्रदेश इन्चार्जहरुको बैठकमा माओवादी केन्द्रमा एकीकृत हुने प्रक्रियालाई व्यवस्थित गर्ने र प्रदेशहरुमा पनि पहल बढाउने विषयमा समेत छलफल भएको छ । पार्टी प्रवेश गर्ने सबैको राजनीतिक पृष्ठभूमि र योगदानको मूल्याङ्कन गरी उचित भूमिका दिने सम्वन्धमा आवश्यक मापदण्ड बनाउने निर्णय भएको छ ।

३. २०७९ वैशाख २ गते दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका दर्जनौ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित हुनुभएको छ । कार्यक्रममा नुवाकोटबाट नेकपा (एमाले) जिल्ला नेता क. माधवप्रसाद पाण्डेको नेतृत्वमा एमाले, नेपाली कांग्रेस र राप्रपाका सुरेश तामाङ, राजन लामा, एक प्रसाद पाण्डे लगायत २०० जना र नेकपा (एमाले)का रौतहट जिल्ला नेता क. संजिवकुमार साहको नेतृत्वमा मधेस प्रदेशबाट विभिन्न पार्टी परित्याग गरी ५०० जना गरी ७०० जना माओवादी केन्द्रमा समाहित हुनुभएको छ ।

४. पार्टी अध्यक्ष कमरेड प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष कमरेड प्रचण्डले विभिन्न पार्टीबाट माओवादी केन्द्रमा समाहित हुनुहुनेहरुलाई स्वागत गर्नुभयो । कार्यक्रमलाई संबोधन गर्दै देशैभर माओवादीप्रति व्यापक जनलहर आएको उल्लेख गर्नुहुँदै आगामी दिन यो गति अझै तीव्र हुने बताउनुभयो । 

२ वैशाख २०७९

(कृष्ण बहादुर महरा)

प्रवक्ता

नेकपा (माओवादी केन्द्र)

 

Please enable the javascript to submit this form

Image

संसारका मजदुर एक होऔंनयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौंवैज्ञानिक समाजवाद प्राप्तिका लागि अगाडी बढौंगाउँ, नगर, घरघर जाऔँ माओवादी केन्द्रलाई विजयी गराऔँमाओवादीको नीति र नेतृत्व सङ्घीय व्यवस्था र समानुपातिक प्रतिनिधित्वनेपाली जनक्रान्तिको अमूल्य उपहार, सङ्घ प्रदेश र स्थानीय जनसरकारसबै खाले प्रतिगामी षड्यन्त्रको प्रतिकार गरौँ जनक्रान्तिको उपलब्धिको रक्षा र विस्तार गरौँश्रम रोजगार उत्पादन र आर्थिक समृद्धि, सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धिविभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौँ, सामाजिक, न्याय, सुशासन र समतामूलक समाजको विकास गरौँ

सर्वाधिकार © नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संग सुरक्षित छ।