संसारका मजदुरहरु - एक होऔं !
मार्क्सवाद - लेनिनवाद - माओवाद - जिन्दावाद!
|
|||||||||||||
|
|||||||||||||
विवरणहिमाल, पहाड र तराईसम्म फैलिएको यस प्रदेश नं. १ मा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ प्रदेश नं. २ र प्रदेश नं. ३ पर्दछन् । यो प्रदेश ८६ डिग्री १ मिनेटदेखि ८८ डिग्री ३ मिनेट पूर्वी देशान्तर र २८ डिग्री २ मिनेटदेखि २६ डिग्री ३ मिनेट उत्तर देशान्तरको बीचमा रहेको छ । यस प्रदेशको कूल क्षेत्रफल २५९०५ वर्ग कि. मि. तथा कूल जनसङ्ख्या ४५३४९४३ रहेको छ । |