संसारका मजदुरहरु - एक होऔं !
मार्क्सवाद - लेनिनवाद - माओवाद - जिन्दावाद!
Flag of the Communist Party
Image

बागमती प्रदेश गतिविधि

भूमिहीन दलितले पाए लालपूर्जा

चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले भरतपुर नगरपालिका वडा नं– २ का ४६ घरधुरी भूमिहिन दलित परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नुभएको छ । अध्यक्ष प्रचण्ड सोही क्षेत्रका निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । अध्यक्ष प्रचण्डले चितवनको भरतपुर महानगरमा आयोजित एक कार्यक्रममा त्यहाँका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको राष्ट्रिय भूमि आयोग चितवनले जनाएको छ ।

अध्यक्ष प्रचण्डले लालपूर्जा वितरण गर्दै आफुले निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्दै गएको बताउनुभयो । भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भरतपुर महानगरपालिका वडा नम्बर २ का भूमिहीनहरुको रातो पुर्जा (लालपूर्जा) मा आज हस्ताक्षर गरि प्रक्रिया पुरा गरेसँगै यहाँका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले आफ्नै जग्गा धनी पुर्जा पाउनुभएकाे हाे ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयम् उपस्थित भएर लालपूर्जा वितरण गरिएको भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीनाले जानकारी दिनुभयाे ।

Please enable the javascript to submit this form

Image

संसारका मजदुर एक होऔंनयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौंवैज्ञानिक समाजवाद प्राप्तिका लागि अगाडी बढौंगाउँ, नगर, घरघर जाऔँ माओवादी केन्द्रलाई विजयी गराऔँमाओवादीको नीति र नेतृत्व सङ्घीय व्यवस्था र समानुपातिक प्रतिनिधित्वनेपाली जनक्रान्तिको अमूल्य उपहार, सङ्घ प्रदेश र स्थानीय जनसरकारसबै खाले प्रतिगामी षड्यन्त्रको प्रतिकार गरौँ जनक्रान्तिको उपलब्धिको रक्षा र विस्तार गरौँश्रम रोजगार उत्पादन र आर्थिक समृद्धि, सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धिविभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौँ, सामाजिक, न्याय, सुशासन र समतामूलक समाजको विकास गरौँ

सर्वाधिकार © नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संग सुरक्षित छ।