चितवन । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्ट’को रूपमा विकास गर्न लागि पर्ने बताउनुभएकाे छ । भरतपुर अस्पतालको ५९ औ वार्षिकउत्सबको अवसरमा शुभकामना व्यक्त गर्दै उनले देशकै मध्यभागमा रही विशाल पूर्वाधार र विशेषज्ञ सेवा सहित मध्य नेपालका जिल्लाहरूका बिरामीहरूलाई सेवा पुराईरहेको बताउँदै यस अस्पताललाई मेडिकल कलेज सहित शिक्षा र स्वास्थ्यलाई एकिकृत ढंगले अगाडी बढाउँन काठमाडौं गए लगत्तै काम थालनि गर्ने समेत बताए ।
चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले भरतपुर नगरपालिका वडा नं– २ का ४६ घरधुरी भूमिहिन दलित परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नुभएको छ । अध्यक्ष प्रचण्ड सोही क्षेत्रका निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । अध्यक्ष प्रचण्डले चितवनको भरतपुर महानगरमा आयोजित एक कार्यक्रममा त्यहाँका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको राष्ट्रिय भूमि आयोग चितवनले जनाएको छ ।
चितवन । स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा माओवादी केन्द्रप्रति जनलहर बढिरहेको छ । बुधवार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमका बीच नेकपा एमाले ,नेपाली कांग्रेस र अन्य पार्टी छोडी २ सय १० जना युवाहरू माओवादी केन्द्रमा स्वागत गर्नुभयाे ।
चितवन। भरतपुर नगरपालिका प्रमुख रेणू दहालले अन्तरजातीय विवाह गर्ने दुइजोडीलाई सम्मान गरेकी छिन्। उनले जनही एक एक लाख रुपैया दिएर सम्मान गरेकी हुन्।
मंगलबार महानगरपालिकामा गरिएको एक कार्यक्रममा नगद र सम्मानपत्र सहित उनीहरुलाई सम्मान गरिएको हो। ति दुई जोडि दलित र गैरदलित हुन्। सो अवसरमा बोल्दै नगर प्रमुख दाहालले उनीहरुले गरेको विवाह समाजका लागि उदाहरणीय भएको उल्लेख गरिन्। देशमा जातिय आधारमा भेदभावका विभिन्न घटनाहरु सार्वजिनक भइरहदा भरतपुर नगरपालिका प्रमुख दहालले अन्तर्जातिय विवाहलाई प्रोत्साहन गरेकी हुन्।