विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा समाहित
काठमाडौं । विभिन्न पार्टीका दर्जनौ नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा समाहित हुनुभएको छ । आज (वैशाख २ गते) दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा रौतहटसहित मधेस प्रदेश र नुवाकोटबाट सातसय भन्दा बढी नेता कार्यकर्तालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. प्रचण्डले पार्टीमा प्रवेश गराउनुभयो ।
कार्यक्रममा नुवाकोटबाट नेकपा (एमाले) जिल्ला नेता क. माधवप्रसाद पाण्डेको नेतृत्वमा एमाले, नेपाली कांग्रेस र राप्रपाका सुरेश तामाङ, राजन लामा, एक प्रसाद पाण्डे लगायत २०० जना र नेकपा (एमाले)का रौतहट जिल्ला नेता क. संजिवकुमार साहको नेतृत्वमा मधेस प्रदेशबाट विभिन्न पार्टी परित्याग गरी ५०० जना गरी ७०० जना माओवादी केन्द्रमा समाहित हुनुभएको छ ।
पार्टी अध्यक्ष कमरेड प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष कमरेड प्रचण्डले विभिन्न पार्टीबाट माओवादी केन्द्रमा समाहित हुनुहुनेहरुलाई स्वागत गर्नुभयो । कार्यक्रमलाई संबोधन गर्दै देशैभर माओवादीप्रति व्यापक जनलहर आएको उल्लेख गर्नुहुँदै आगामी दिन यो गति अझै तीव्र हुने बताउनुभयो ।