संसारका मजदुरहरु - एक होऔं !
मार्क्सवाद - लेनिनवाद - माओवाद - जिन्दावाद!
Flag of the Communist Party
Image

केन्द्रीय गतिविधि

विभिन्न पार्टीका सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित

काठमाडौं । विभिन्न पार्टी परित्याग गर्ने र नेकपा (माओवादी केन्द्र)मा समाहित तथा ध्रुवीकृत हुने क्रम तीव्र बनेको छ । आज विभिन्न समूह तथा पार्टी परित्याग गरेर सयौंजना माओवादी केन्द्रमा समाहित हुनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य क. नागेन्द्र राईको नेतृत्वमा सो पार्टीको तीनजना पोलिट्व्यूरो सदस्य, तीन जना केन्द्रीय सदस्य, विभिन्न प्रदेशका २५ जना प्रदेश सदस्यसहित पाँचसय जना नेकपा (माओवादी केन्द्र)मा समाहित हुनुभएको छ । आजै जितबहादुर चौधरी अध्यक्ष रहनुभएको नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवम् वार्ता समिति संयोजक क. कृष्णबहादुर महरा, नेकपा (क्रान्तिकारी–माओवादी)का पोलिट्व्यूरो सदस्य नागेन्द्र राई र नेपाल लोकतान्त्रिक जनता कांग्रेसका अध्यक्ष जितबहादुर चौधरीले संयुक्त वक्तव्य जारी गर्नुभयो । 

पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य अनिल परियारको नेतृत्वमा ७०० जना, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामविनोद चौधरीको नेतृत्वमा २५ जना र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट नेपाली कांग्रेस र नेकपा (एमाले)का २५ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभयो । उहाँहरुलाई पार्टी प्रवक्ता एवम् वार्ता समिति संयोजक क. कृष्णबहादुर महराले स्वागत गर्नुभयो ।

पार्टी कार्यालयमा आजै आयोजित छुट्टै पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका नेता जीवन आलेमगरको नेतृत्वमा ६५ जना माओवादी केन्द्रमा प्रवेश गर्नुभयो । उहाँहरुलाई पार्टी प्रवक्ता महराले स्वागत गर्नुभयो । कार्यक्रमलाई संबोधन गर्नुहुँदै प्रवक्ता महराले माओवादी केन्द्रप्रति आकर्षण बढेको र विभिन्न पार्टी र विभिन्न पार्टीबाट विद्रोह गरेर माओवादी केन्द्रमा समाहित हुने क्रम बढेको बताउनुभयो । 

 

Please enable the javascript to submit this form

Image

संसारका मजदुर एक होऔंनयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौंवैज्ञानिक समाजवाद प्राप्तिका लागि अगाडी बढौंगाउँ, नगर, घरघर जाऔँ माओवादी केन्द्रलाई विजयी गराऔँमाओवादीको नीति र नेतृत्व सङ्घीय व्यवस्था र समानुपातिक प्रतिनिधित्वनेपाली जनक्रान्तिको अमूल्य उपहार, सङ्घ प्रदेश र स्थानीय जनसरकारसबै खाले प्रतिगामी षड्यन्त्रको प्रतिकार गरौँ जनक्रान्तिको उपलब्धिको रक्षा र विस्तार गरौँश्रम रोजगार उत्पादन र आर्थिक समृद्धि, सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धिविभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौँ, सामाजिक, न्याय, सुशासन र समतामूलक समाजको विकास गरौँ

सर्वाधिकार © नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संग सुरक्षित छ।