संसारका मजदुरहरु - एक होऔं !
मार्क्सवाद - लेनिनवाद - माओवाद - जिन्दावाद!
Flag of the Communist Party
Image

केन्द्रीय गतिविधि

उपलब्ध पूर्वस्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुको बैठक सम्पन्न

उपलब्ध पूर्वस्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुको बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पूर्व स्थायी समितिका उपलब्ध सदस्यहरु र प्रदेश इन्चार्जहरुको अनौपचारिक बैठक आज (वैशाख २ गते) बस्यो । बैठकमा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिति र स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेल सम्वन्धी छलफलका विषयमा जानकारी गराउनुभयो । 

बैठकमा गठबन्धनमा सहभागी सबै राजनीतिक दललाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत गर्न पार्टीको तर्फबाट अधिकतम पहल गर्ने तथा परिणाम देखिने गरी चुनावमा सिंगो पार्टी पंक्तिलाई केन्द्रित गर्ने विषयमा छलफल भएका पार्टी प्रवक्ता क. कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

स्थानीय चुनाव नजिकिएसँगै देशब्यापी रुपमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर बढेको बारे बैठकमा छलफल भएको छ । बैठकमा माओवादी केन्द्रमा एकीकृत हुने प्रक्रियालाई व्यवस्थित गर्ने र प्रदेशहरुमा पनि पहल बढाउने विषयमा समेत छलफल भएको जानकारी गराइएको छ । पार्टी प्रवेश गर्ने सबैको राजनीतिक पृष्ठभूमि र योगदानको मूल्याङ्कन गरी उचित भूमिका दिने सम्वन्धमा आवश्यक मापदण्ड बनाउने निर्णय भएको प्रवक्ताले जानकारी गराउनुभयो ।

 

Please enable the javascript to submit this form

Image

संसारका मजदुर एक होऔंनयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौंवैज्ञानिक समाजवाद प्राप्तिका लागि अगाडी बढौंगाउँ, नगर, घरघर जाऔँ माओवादी केन्द्रलाई विजयी गराऔँमाओवादीको नीति र नेतृत्व सङ्घीय व्यवस्था र समानुपातिक प्रतिनिधित्वनेपाली जनक्रान्तिको अमूल्य उपहार, सङ्घ प्रदेश र स्थानीय जनसरकारसबै खाले प्रतिगामी षड्यन्त्रको प्रतिकार गरौँ जनक्रान्तिको उपलब्धिको रक्षा र विस्तार गरौँश्रम रोजगार उत्पादन र आर्थिक समृद्धि, सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धिविभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौँ, सामाजिक, न्याय, सुशासन र समतामूलक समाजको विकास गरौँ

सर्वाधिकार © नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संग सुरक्षित छ।