अप्रिल २२, १९४९ तदनुसार २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चलेको बहस तथा नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेका मतभेद तथा वैचारिक संघर्षको दौरानमा अनेकौं पटक कम्युनिष्ट पार्टी विभाजन र एकीकरण हुँदै ३० को दशकबाट थालिएको एकीकरण र पुनर्गठनको क्रममा २०७३ साल जेठ ६ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बनेको हो ।
यसक्रममा २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बीचमा पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाद्वारा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पुनर्स्थापना भयो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि संस्था हो। यसले मजदुर, किसान र सम्पूणर् उत्पीडित जाति, भाषा एवम् सांस्कृतिक जनसमुदाय समेत आम जनताको हितलाई प्रतिनिधित्व गर्दछ। यो जनआधारित कार्यकर्ताहरुको पार्टी हो। यो पार्टी सर्वहारा श्रमजीवि वर्गको अग्रदस्ता हो ।